काठमाडौं। बिहीबार एक नारा सहरमा एक चुनावी कार्यक्रममा सम्बोधनका क्रममा गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । सार्वजनिक प्रसारक जापान ब्रोडकास्टिङ कर्पोरेशन (एनएचके) ले उनको निधन भएको जनाएको रोयटर्सले उल्लेख गरेको छ।
जापानको पश्चिमी सहर नाराको रेल स्टेसन नजिक स्टम्प भाषण दिइरहेका ६७ वर्षीय आबेमाथि सोही बेला आक्रमणकारीले गोली हानेका थिए । संदिग्ध आक्रमणकारीलाई घटनास्थलबाटै गिरफ्तार गरिएको थियो ।