काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि मङ्गलवारदेखि उपचाररत अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
उहाँहरुबीच स्वास्थ अवस्थासँगै केही समसामयिक विषयमा पनि चर्चा भएको छ ।