आर्थिक वर्ष २०८/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत  बजेट प्रस्तुत गर्नुभएको हो । 

बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ । 

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने  बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने लागिएको उहाँले बताउनुभयो । 

सार्वजनिक बजेटमा राजश्वबाट ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने छ । अपुग रकम  वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब  रुपैयाँ व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी गराउनुभएको छ । 

https://drive.google.com/file/d/1PZYHLq5FtjbNZ7qAkEkSvTrnWXefQcEo/view

Leave a Reply

Your email address will not be published. Required fields are marked *