काठमाडौं । गत बैशाख ३० गते भएको स्थानिय तहको चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले पार्टी सचिव देखी बिभिन्न तहमा रहेका नेताहरुलाई कारबाही गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।
चुनावमा असहयोग गरेको भन्दै पाटी इलामका जिल्ला सचिव उमेश गुरुङलाई कारबाही गरेको हो । उनले गएको चुनावमा सन्दकपुर गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिएका थिए । पछि उम्मेद्धारी फिर्ता लिए पनि उनलाई पाटीले कारबाही गरेको छ ।
त्यस्तै पार्टी सचिवालय सदस्य तथा इलाम नगरपालिका नगर इन्चार्ज बद्री खड्कालाई समेत कारबाही गरेको छ । सन्दकपुर गाउँपालिकाका पार्टीका उपाध्यक्ष चन्द्र राई, फाकफोक गाउँपालिका पार्टी कमिटी उपाध्यक्ष लोकबहादुर थापा र माई नगरपालिका नगर कमिटी सचिवालय सदस्य मोहन देवानलाई कारबाही गरिएको जनाइएको छ ।
त्यस्तै, चुनावमा प्रदेश कमिटीमा रहेका केही ब्यक्तिलाई समेत कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको छ । जिल्ला कमिटीले शेरधन राईको संयोगकत्वमा गठित प्रदेश छानमिन आयोगलाई कारबाहीका लागि केही प्रदेश सदस्यहरुको नाम सिफरिस गरेको हो ।
जिल्ला कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार जिल्लाले स्थानिय तहमा रहेर असहयोग गरेका ब्यक्तिहरुलाई समेत कारबाही गर्न निर्देशन दिएको छ । गएको निर्वाचनमा अन्तर्घातका बिषयमा छानमिन तथा समिक्षा गरेर कारबाहीको आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ।