काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले समानुपातिक सांसदको निर्णय गर्ने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसदको नामबारे निर्णय गर्न लागेको हो ।
त्यस्तै, बैठकमा निर्वाचनकाे समीक्षा पनि हुने बताइएकाे छ । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।
आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ । समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ । बाँकी पुरुष पर्नसक्छन् ।