एमाले अध्यक्ष ओलीले एसपीपीमा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभएको हो । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उहाँले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, आइतबार (१९ असार)सम्म एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *