कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सोमवारदेखि अभिमूखिकरण

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सोमवारदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख(उपप्रमुखदेखि जिसस प्रमुख–उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान  ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *