कोरोना बिमाको भुक्तानी मंसिर १३ देखि

काठमाडौं। बिमा कम्पनीहरुले आउँदो मंगलबारदेखि मात्र कोरोना बिमाको भुक्तानी सुरु गर्ने भएका छन् । आज बसेको नेपाल बिमा प्राधिकरण र बिकम संघको संयूक्त बैठकले आउँदो मंगलबार मंसिर १३ देखि भुक्तानी सुरु गर्ने निर्णय गरेको हो ।

सबै निर्जीबन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित बैठकले आउँदो मंगलबार ९मंसिर १३ गते० देखि कोरोना बिमा भुक्तानी सुरु गर्ने निर्णय भएको बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘धेरै कम्पनीहरुले सञ्चालक समितिबाट निर्णय भइनसकेको जानकारी गराएकाले त्यसका लागि प्राधिकरणले मंगलबारसम्मको समय दिएको हो,’ उनले भने, ‘मंगलबार देखि सबै कम्पनीहरुले एक साथ वितरण सुरु गर्छन् ।ु बिमा प्राधिकरणले एक सातादेखि बिमा भुक्तानी गर्न निर्देशन दिए पनि कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीबाट पैसा नआएको भन्दै हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *