विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ ।
पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आउँदै गरेको सांसदको गाडीलाई ठक्कर दिएको हो । उक्त गाडीमा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।