पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ३३७ कोरोना परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार ६७० पीसीआर परीक्षण गर्दा १८० र  २ हजार ६६७ एन्टिजेन परीक्षण गर्दा १९९ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार ६२५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *