जग्गा विवादमा गोली चल्दा एक जनाको मृत्यु

 रौतहट ।  गढीमाई नगरपालिकामा जग्गासम्बन्धी विवादमा गोली चलेको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित  धोबिनियामा जग्गा विवादमा गोली चलेको हो ।

विवादमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ । 

विवादमा गोली लागेका यादवलाई उपचारका लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार गोली कसले चलायो ? भन्ने खुलेको छैन ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा जग्गा विवाद भएको हो । विवादमा  १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरी जनाएको छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *