डोभाल र क्वात्रासँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं । चार दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेट गर्नुभएको छ ।

निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग प्रधानमन्त्रीको भेटवार्ता भएको हो ।

दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *