नागरिकता पशुपतिको प्रसाद हो लाईन लगाएर बाँड्न : राजेश अहिराज

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेशप्रमूख डा. राजेश अहिराजले नागरिकता पशुपतिनाथको मन्दिरमा हात थापेर पाईने प्रसाद जस्तो नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति राख्दै नागरिकता इ-टिकट पशुपतिनाथको प्रसाद जस्तो जसलाई पनि दिने वस्तु नभएको बताएका हुन् ।

उनले करिब २ वर्षअघि देखि नै नागरिकता विधेयकका केही बुदाँ संशोधन हुनुनपर्ने र वैवाहिक अंगीकृतले राजनीतिक अधिकार पाउन नहुने बताउँदै आएका थिए ।

‘भोलि यो देशमा अंगीकृतहरुले कानुन बनाउने, वंशजले निवेदन दिएर मलाई यो अधिकार चाहियो प्रभु भनेर निवेदन दिने अवस्था नहोस्। नेपालका वंशजहरू अंगीकृतसँग आफ्नो अधिकार, स्वाभिमानका र रोजगारिका लागि ठाउँ-ठाउँमा निवेदन दिन नपरोस्, शिर झुकाएर हिड्न नपरोस्.’ उनले भने ।

साथै उनले देश जोगाउन ७७ जिल्लाकै देशभक्तहरु एकठाउँमा उभिन अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *