काठमाडौं । नेकपा एमालेले अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ ।
बैठक आज (बिहीबार) अपरान्ह ३ बजेका लागि बोलाइएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरी टुंगोमा पुग्ने एमाले तयारी छ ।
त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।