काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो ।
पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)सँगको जारी फाइनल खेलमा नेपालले ८ ओभर बलिङ गर्दा ३ विकेट गुमाइसकेको छ ।
युएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका कुशल भुर्तेल १, आशिफ शेख ८ र कप्तान रोहित पौडेल १ रनमा आउट भएका हुन् । अहिले गुल्शन झा र भीम सार्की क्रिजमा छन् ।