काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध खाता नखोल्दै दुवै ओपनर गुमाएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४ ओभरमा दुवै ओपनर गुमाएको हो ।
नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए भने अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भएका थिए । ४ ओभरको खेल सकिँदासम्म नेपालको कुनै खाता खोल्न सकेको छैन् ।