नेपाली कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था स्थिर

काठमाडाैं । नेपाली कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार अहिले उहाँलाई भेन्टिलेटरमा नै राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा डा पंकज वर्मनसहितको चिकित्सकको टोलीले गिरीको उपचार गरिरहेको अस्पताल स्राेतले जनाएकाे छ।

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *