पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।  १ हजार ६२१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५०२४ जना सक्रिय संक्रमित छन्।

४८७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *