प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकका लागि संसद् सचिवालयले ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेस गरिनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलपछि सो विधेयकलाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *