काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान औपचारिक रुपमा शुभारम्भ गर्नु भएको छ।
आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गर्नु भएको हो ।
यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।
१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिइदै छ।
साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गर्नु भएको छ।