प्रधानमन्त्रीद्वारा वर्तमान सरकार ५ वर्ष टिक्ने दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।

सम्मेलनमा काठमाडौंका मेयर बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई काम गर्न कठिनाइ हुने गरेको धारणा राखेपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै वर्तमान सरकार ५ वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले सरकार बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।

,’कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो’ उहाँले भन्नुभयो ‘ तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाइँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *