काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई आफ्नै निवासमा भव्य स्वागत गर्नुभएको हो।
पाँच वर्ष जेल जीवन विताएका धादिङ ज्वालामुखि गाउँपालिका–२ का लालबाहादुर कार्कीलाई अध्यक्ष ओलीले आफ्नै निवासमा बोलाएर सोमबार स्वागत गरेका हुन् ।
कार्की स्थानीय एक बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा पाँच वर्ष जेल जीवन विताएर निस्केका व्यक्ति हुन् । जिल्ला कारागार धदिङको अभिलेखमा कार्कीले पाँच वर्ष जेल जीवन विताएको उल्लेख रहेको एक प्रहरी अधिकृतले बताउनुभयो
बलात्कार अभियोगमा पक्राउ पर्दा उनी माओवादीमा नेता थिए । त्यतिबेला माओवादी नेताहरुले उनलाई जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।