बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने निर्णय गरेको छ । 

सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बागमती प्रदेश सरकार हेरफेर गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समन्वय र सहकार्यमा सन्तुलन मिलाएर सरकार गठन हुनुपर्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल भएको महासचिव बेदुराम भुसालले जानकारी दिनुभएको छ।

सचिवालय बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने कुरा पनि उठेको थियो।

बैठकले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय पनि गरेको छ। पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई साउन ४ र ५ गते प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।

स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव भुसालले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *