हेटौँडा । वागमती प्रदेश सरकारले चेपाङहरूको पर्व न्वागी ‘छोनाम’ को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले भदौ २२ गते बुधबार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी बिदाको जानकारी गराएको छ ।
