भारतमा लगेर बेचिएका ९ महिलाको प्रहरीद्वारा उद्धार

काठमाडौं । भारतमा लगेर बेचिएका ९ महिलालाई प्रहरीले उद्धार गरेको छ । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखन गरी देहव्यापारमा लगाइएका ९ महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेको हो ।  

अनुसन्धान ब्यूरोले  भारतबाट ९ महिला र एक बच्चालाई उद्धार गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभएको छ ।  प्रहरीका अनुसार भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो । 

 प्रहरी उपरीक्षक  पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरूसँग सोधपुछ गरी   बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उहाँले जानकारी दिनुभएको छ ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पङ्गेनीले बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *