काठमाडौं। महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले महिला हिंसाका घटनामध्ये २१ प्रतिशत बलात्कारका घटना रहेको जनाएको छ । फागुन महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २७ वटा बलात्कारका घटना रहेको र बिगतको तुलनामा बलात्कार घटना बढेको पनि ओरेकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले जनाएको छ ।
बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् ।