माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

बैठकमा वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा पनि हुनेछ। साथै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ।

माओवादीले गत पुसमा सम्पन्न महाधिवेशनले अध्यक्ष मात्रै चयन गरेको थियो । अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मत चयन हुनुभएको थियो । अरु पदाधिकारी भने चयन गर्न बाँकी छ । 

महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ।  माओवादीमा मनोनित र वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *