‘यात्री’को दर्ता प्रक्रियामा फेरि समस्या देखियो: गगन थापा

काठमाडौं । सांसद गगनकुमार थापाले विद्युतीय सवारी साधन बनाइरहेको ‘यात्री’को दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन्।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले संसदको शून्य समयमा भने, ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो । दर्ता भयो । तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।’

उनले थपे, ‘पहिले कानुन थिएन। दर्ता भएन। अहिले कानुन बन्यो दर्ता भयो तर कानुन ढिलो बनाउने निकायले नै दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ,’ थापाले भने।

स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउन सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरुत्साहित दिन नहुने भन्दै थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *