युथ क्लब एफसी खुमलटारसँग पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब एफसी खुमलटारसँग पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४–२ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे । जारी लिगमा खुमलटारको यो पाँचौं जित हो । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । जावलाखेलको भने यो पाँचौं हार हो ।

पछिल्ला खेलमा खराब लयबाट गुज्रेको जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पछिल्ला तीन खेलमा जावलाखेलले एक अंक मात्र बटुलेको छ । जावलाखेल २४ अंकमै सीमित रह्यो । यसअघि संकटासँग बराबरी खेलेको जावलाखेल हिमालयन शेर्पासँग पराजित भएको थियो । यो हारसँगै जावलाखेलले दोस्रो स्थानको चर्च ब्वाइजसँग अंक दूरी बढाउने अवसर गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *