राजनीतिमा उकाली र ओराली सामान्य: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा उकाली र ओराली सामान्य भएको बताउनुभएको छ । केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेतामा इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने जिकिर गर्नुभयो ।

नेपालको राजनीतिमा उकाली र ओराली सामान्य कुरा रहेको बताउदै उहाँले यो कम्युनिस्ट पार्टी र अन्य पार्टीलाई पनि लागू भएको टिप्पणी गर्नुभयो । नेपालमा पार्टी एकतावद्ध हुने र विभाजन हुने सामान्य प्रक्रिया भएको अध्यक्ष नेपालको भनाइ थियो । तर, जतिसुकै विभाजित भएपनि, जतिसुकै पार्टी परित्याग गरेपनि कम्युनिस्ट पार्टी नै रोज्ने गरेको उहाँले उल्लेख गर्नुभयो । यो कम्युनिस्ट पार्टीप्रतिको जनताको विश्वास रहेको नेपालको भनाइ थियो ।

उहाँले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताउनुभयो । २०५१ सालमा नेकपा एमालेको सरकारका पालामा १ सय रुपैंयाबाट सुरु भएको वृद्धभत्ता अहिले ४ हजार पुगेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *