कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ खनियाबास घर भएकी ४९ वर्षकी संगिता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षकी सेती तामाङ रहेका छन्।
कृष्णनगर नगरपालिका– २ लिंक गेट हुदै भारत तर्फ लैजान लागेको अवस्थामा १० किलो चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले संकाको आधारमा खानतलासी गर्दा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताउनु भयो ।