विश्वकपको फाइनल खेल आज

काठमाडौं। कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज (आइतबार) साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच हुँदैछ। फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ। फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्। फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेका थिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो। यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

यता फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ मा उपाधि जितेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *