काठमाडौं। नेपाली कांग्रेसको संस्थापतइतर समूहले आन्दोलन घोषणा गरेको छ। समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले मनोमानी गरेको भन्दै इतर समूहले आन्दोलनको घोषणा गरेको हो।
काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको बताइएकाे छ।
समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाबद दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको छ।
संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन्। १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिने चेतावनी उनीहरूले नेतृत्वलाई दिएका छन्।