श्रम मन्त्री किसान श्रेष्ठ पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा

काठमाडौं । श्रम मन्त्री किसान श्रेष्ठ पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा हुनुभएको छ । पर्यटन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री हिजै पत्रकार सम्मेलन गरेर बिदा हुनुभएको थियो।

सोमवार मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा उहाँलाई कर्मचारीहरूले खादा लगाएर बिदा गरेका छन् । उहाँले अब आउने पनि एकीकृत समाजवादीकै मन्त्री हुने भएकाले सहयोग गर्न सुझाव दिनुभयो । एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको पनि बताउनु भयो । मन्त्रीबाट राजीनामा नआएपछि बालुवाटार र खुमलटार दौडेको आरोपको उहाँले प्रतिवाद गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *