सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कदमबारेको एउटा एजेण्डा पनि थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । बैठकमा राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *