काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबारका लागि तय सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
सन्दीपले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै निवेदन दिएका थिए । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको हो ।
बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।