स्थानीय तह निर्वाचनको तयारीमा जुट्न सांसदहरुलाई ओलीको निर्देशन

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

बुधबार नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दाबी समेत गर्नुभयो ।

संसदीय दलका नेता ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनु भएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार उठाउन पनि सांसदहरुलाई सचेत गराउनु भएको थियो ।

प्रमुख सचेतक सचेतक भट्टराईले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पास नगराउन र अदालतलाई गिजोल्ने मनशायका साथ ल्याएको दाबी समेत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *