काठमाडौं। शेयर बजार परिसूचक नेप्से ११.४७ अङ्कले घटेर एक हजार नौ सय २६.२८ विन्दुमा झरेको छ । शेयर बजार लगातार आज ९आइतवार० पाँचौँ दिन पनि घटेर राताम्मे भएको हो । अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से दिनदिनै घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आउन थालेको छ । गएको वर्षको साउनमा एकै दिन साढे २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको नेप्सेमा अहिले दैनिक एक अर्ब रुपैयाँको समेत कारोबार हुन छाडेको छ । आज दुई सय २१ वटा कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । आज मैलुङखोला जलविद्युत् कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।