काठमाडौं। मानव अधिाकार तथा शान्ति समाजको अगुवाईमा भएको विरोध प्रदर्शनको क्रममा नागरिक समाजका अगुवा कृष्ण पहाडीसहित १३ जना पक्राउ परेका छन् ।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको सजाय माफिको विषयलाई लिएर असोज २१ गतेदेखि १० बुदे माग राख्दै आन्दोलन गर्दै आएको थियो । प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्र तोडेपछि राष्ट्रपति कार्यालय निवास अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।