काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मौसम विज्ञान केन्द्र, जयपुरले ६.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको जनाएको छ।
भूकम्पको धक्का पाकिस्तान र भारत समेत महशुस भएको बीबीसीले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिमी यूपीका धेरै जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो। जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ।
पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ। पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ५ रहेको जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ। इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ।