पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्धारा संसद भंग गर्न सिफारिस

काठमाडौं। राष्ट्रियसभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गर्दै संसद भंग गरेर अब जनताले चुनावको तयारी गर्नुपर्ने बताउनु भएको छ ।

खानले देशवासीका नाममा सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको जानकारी गराउनु भयो । सम्बोधनमा वहाँले भन्नुभयो– हामी न्यायका लागि जनतामाझ जानेछौँ । आगामी निर्वाचनको तयारी गर्न जनतालाई अपिल गर्दछौं ।

त्यसअघि पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको अविश्वासको प्रस्ताव खारेज गर्नु भएको थियो । यो सँगै राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित गरिएको थियो । त्यसलगत्तै खानले राष्ट्रपतिलाई राष्ट्रियसभा भंग गर्न सिफारिस गरेका गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *