पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनीलाई मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।

उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक ए इन्साफ पीटीआईका नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ ।

खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै र्‍यालीमा सहभागी केही घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *