काठमाडौं। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु फेरि नेपाल आउनुहुने भएको छ । लु यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो । फेरि दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएका लु विहीवार अपरान्ह काठमाडौं आइपुग्नुहुने कार्यक्रमरहेको उच्च कूटनीतिक स्रोतले जनाएको छ ।
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आउनुभएका उहाँ एमसीसी अनुमोदनपछि पहिलोपटक आउन लाग्नुभएको हो ।
नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।