काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।