काठमाडौं। आज बुधबार नेप्से परिसूचक ४०.६८ अङ्कले बढेर २ हजार ५६८.२५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब २५ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा सिद्धार्थ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २५ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमशः प्राइम इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर र नबिल बैंकको कारोबार भएको छ ।
आजको कारोबारमा इमर्जिङ्ग नेपाल, राष्ट्रिय उत्थान लघुवित्त र नेष्डो सम्बृद्ध लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने एनसिसि डेभेञ्चर, युनिलिभर नेपाल र कुमारी इक्युटी फन्डका लगानीकर्ताले अधिक गुमाएका छन् ।