काठमाडौं । नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) राजावादी आन्दोलनका क्रममा ८४ लाखभन्दा बढी सम्पत्ति क्षति भएको दाबी गरेको छ ।
पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले दिएको जाहेरी दरखास्तमा लुटिएको नगद र भौतिक क्षति गरी कुल ८४ लाख ८२ हजार ६२८ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ ।
एकीकृत समाजवादीले कार्यालयमा रहेको नगद १९ लाख ६० हजार प्रदर्शनकारीले लुटेर लगेको दाबी गरेको छ ।
त्यस्तै, बहालमा लिएको घरको झ्याल ढोका एवं सबै सिसा तोडफोड र आगजनीबाट तीन लाख १४ हजार ८५० रुपैयाँ क्षति भएको बताएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालयको ६२ लाख सात हजार ७७५ रुपैयाँ क्षति भएको सो पार्टीले दाबी गरेको छ ।