चौध सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा मधेश सरकार

विजयकुमार साह

ढल्केबर । मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक स्वयंसेविका परिचालन गर्न लागिएको हो ।

मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ‘महिला कृषक स्वयं सेविका कार्यक्रम’ अन्तर्गत महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रमले कृषि क्षेत्रमा ठूलो फड्को मार्ने उल्लेख गर्नुहुँदै सरकारले प्रत्येक वडामा एक जना महिला कृषक स्वयंसविका परिचालन गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि सेवा प्रवाह गर्ने उद्देश्यसहित ‘महिला कृषक स्वयंसेविका परिचालन कार्यक्रम’ लागु गरिएको हो । जसरी महिला स्वास्थ्य स्वयंसेविकाले गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउँदै आउनुभएको छ, त्यसरी नै कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही कृषि सेवा दिने व्यवस्था मिलाइएको छ ।” हामीले मधेश मात्र होइन देशलाई नै पुग्ने गरी अन्न उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीका अनुसार यो योजनाले रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर समृद्ध मधेश निर्माणमा सहयोग पु¥पाउनेछ । “मधेश भनेको श्रमको प्रदेश हो, वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा पनि यो प्रदेश अगाडि छ । अब कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई यतै श्रम खर्चिने वातावरण निर्माण गर्न लागेका छौं,” उहाँले भन्नुभयो ।

सरकारले स्वयंसेविकालाई आवश्यक तालिम दिएर कृषि प्रवद्र्धन, बिउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापन लगायतका क्षेत्रमा कृषकलाई सेवा दिने जिम्मेवारी दिनेछ । यस कार्यक्रमले महिलालाई रोजगारीसँगै आर्थिक रुपमा सक्षम बनाउने मुख्यमन्त्री सिंहको भनाइ छ ।

उहाँका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक हजार चार सय जना महिला कृषक स्वयंसेविका भर्ना गर्न जेठ १५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिसकेको छ । इच्छुक महिलाले १५ दिनभित्र कृषि ज्ञान केन्द्रमा दरखास्त दिन सकिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *