काठमाण्डाैंको त्रिवि क्रिकेट मैदानमा सोमवार सुरु नेपाल र आयरल्यान्ड ‘ए’बीचको क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ।

खेलको पहिलो इनिङ्समा टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२१ रन बनायो।
नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले दुईदुई विकेट लिए भने करण केसी र कुशल मल्लले एकएक।