एमाले युवासंघ महाधिवेशनमा भाँडभैलो: दुई समूह नाराबाजीमा उत्रिए ,टीके प्रथा नमान्ने

काठमाडौं । पोखरामा जारी एमाले भ्रातृ संगठन युवा संघको १०औं महाधिवेशनमा भाँडभैलो भएको छ ।

महाधिवेशनको बन्दसत्रमा विवाद भएपछि अध्यक्ष क्षितिज थेबे र अध्यक्षका दाबेदार महासचिव सुमन पुरी पक्ष नाराबाजीमा उत्रिएको हो । बन्दशत्रको भित्र पुरी र हलबाहिर थेबे पक्षले नारा लगाइरहेका छन् ।

थेबे एकपटक फेरि अध्यक्षमा दोहोरिन चाहन्छन् । महासचिव पुरी भने थेबे बिदा हुनुपर्ने अडानमा छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली थेबेलाई अध्यक्षमा दोहोर्याउन चाहन्छन् ।

ओलीले निकट नेताहरुमार्फथ थेबेलाई अध्यक्ष घोषणा गर्न दबाब दिएका छन् । तर, पुरी समूह भने टीका लगाएर नेतृत्व चयन गर्न नहुने भन्दै निर्वाचनको पक्षमा छ ।

संघको महाधिवेशनको ओलीले शुक्रबार उदघाटन गरेका थिए । त्यस क्रममा ओलीले थेबेको नाम नलिई सर्वसम्मत नेतृत्व छान्न प्रतिनिधिलाई निर्देशन दिएका थिए ।

आइतबारसम्ममा निर्वाचन प्रक्रिया सकेर नयाँ नेतृत्व चयन गरिसक्ने कार्यतालिका छ । तर, विवादका कारण युवा संघ अधिवेशन लम्बिने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *