झापा पुगेर घनश्याम भुसालको टिप्पणी: एमाले गल्दै गल्दै गएर झर्न लागेको छ

झापा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले आफ्नै दुःखले कमजोर भइसकेकोले गल्दै गल्दै गएर झर्न लागेको टिप्पणी गरेका छन् ।

उनले एमालेमा निराशा बाहेक केही नभएको तर्क गर्दै एमालेमा बसेकाहरूमा कोही पनि स्वाभिमानका साथ नबसेको विचार व्यक्त गरे । उनले भने, ‘एमालेमा दोस्रो पुस्ता पनि स्वार्थमै डुबेको छ, उनीहरू स्वार्थमा पार्टीभित्र बाहिर पनि बिकिसेका छन् ।’

भुसालले दश बुँदे एमाले पक्षका नेताहरूप्रति लक्षित गर्दै उनीहरू जोखिम मोल्न तयार नभएको टिप्पणी पनि गरे । सत्तामा रहन जे पनि गर्न सक्नेहरूको गठबन्धन रहका कारण आउने चुनावकाे परिणाम यो भन्दा डरलाग्दो हुने समेत उनले बताए ।

उनले झापामा पार्टीद्वारा आयोजित भेलालाई सम्बोधन भने, ‘यही ताल हो भने ८४ मा कसैको पनि बहुमत आउने छाँट छैन । यत्तिकै रहिरहेमा ८४ को चुनाबले अझै डरलाग्दो अस्थिरता निम्त्याउने सम्भावना छ ।’

पार्टीको झापा जिल्लाबाट हालै निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीले लिएको समाजवादी कार्यक्रम र सङ्घर्षको योजना अनुरूप अगाडि बढ्न निर्देशन दिए ।

नव निर्वाचित अध्यक्ष बिपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा झापा इन्चार्ज पुष्प पोखरेलले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *